रामेछाप डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण

रामेछाप डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको छ ।

शनिबार लायन्स क्लब अफ नेपाल हाइलाइट्को सहयोग र वडा नं ८ को समन्वयमा १२ बर्ष देखि ४० बर्षसम्मका महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको हो ।

वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङका अनुसार डुम्रिखर्कका विपन्न र दलित एक सय जना महिलाहरुलाई महिनावारी र सरसफाईको बारेमा सचेतना सहित हाइजिनिक कीट वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,वडाअध्यक्ष सन्तोष तामाङ, लायन्स क्लब अफ नेपाल हाइलाइट् कठमाण्डौँका अध्यक्ष ईश्वर भण्डारीले उक्त कीट वितरण गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार