आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ । वैशाख ३० […]

दलका नेताहरूलाई मतदाताले पहिले गरेका प्रतिवद्धता सोध्न थाले

विगतको निर्वाचनमा जस्तै यस पटक पनि राजनीतिक दलहरू चुनाव प्रचारप्रसारमा जुटेका छन् । उनीहरूका आश्वासन सुन्दै आएका मतदाता भने काम गर्नेलाई भोट दिने बताउँछन् ।यसपालीको चुनावका लागि आआफना एजेण्डा लिएर राजनीतिक दल र उम्मेदवार मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताहरू भने गरेको प्रतिवद्धता पूरा गर्ने कार्ययोजना सोध्न थालेका छन् । सडक, खानेपानी, विद्युत लगायत विकास निर्माणका […]

जनप्रतिनिधिले पहुँचवालाहरूलाई मात्रै प्राथमिकता दिएको मतदाताको गुनासो

आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर दैलोमा पुगेका छन् र आफ्नो योजना सुनाउँदै भोट मागिरहेका छन् । तर, खर्चिलो चुनावी प्रचारप्रसारसहित लोकप्रिय नारा लिएर घरदैलोमा पुगेका उमेद्वारलाई आम नागरिकले भने सजिलै विश्वास गर्न सकिरहेका छैनन् । जनप्रतिनिधिले निम्न वर्गभन्दा पहुँचवालाहरुलाई प्राथमिकतामा पारेर काम गरेका नागरीकहरुको गुनासो छ । पहिलेको चुनावमा जस्तै अहिलेको चुनावमा […]

रामेछापमा चुनावको लागी आज मतपत्र आउँदै

स्थानीय तहको निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले ६० जिल्लामा मतपत्र ढुवानीको काम सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले हिजोसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको र अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेको जनाएको छ । बाँकी जिल्लामा आज बिहानबाट पठाउने तयारी भइरहेको आयोगको भनाइ छ […]

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट तिर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुमारी बैंकको क्यूआर कोडबाट रकम भुक्तानी प्रणाली सुरु गरेको हो । गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवात गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । जुनसुकै […]

यस वर्ष स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढ्यो

स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीगत भन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढेको निर्वाचन आयोगले जनाएको छ । सत्तामा रहेका गठबन्धन र विपक्षी दलकै कारण असन्तुष्ट नेता कार्यकर्ताले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । महानगर, उपमहानगर, गाउँपालिका, नगरपालिकादेखि वडाध्यक्ष वडासदस्यसम्ममा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वर्षौसम्म पार्टीमा सक्रिय भएर लागेको तर, चुनावको बेला कामको मूल्याङ्कन […]

उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरूको दलगत विवरण सार्वजनिक गरेको छ । सूचीअनुसार नेकपा एमालेले प्रमुखमा २७ महिला र २ सय ६३ पुरुष गरी २ सय ९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४ सय ४६ पुरुषगरी ४ सय ४६ उम्मेदवार उठाएको छ । यस्तै, एमालेले उपप्रमुखमा २ […]

आगामी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारका चुनाव चिह्न वितरण

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले ४० प्रकारका निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगकाअनुसार देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार छन् । यसअघि नै छपाइ गरेर ल्याइएका चुनाव चिह्न मध्येबाट स्वतन्त्र उम्मेदवारको नाममा निर्वाचन चिन्ह् उपलब्ध गराइएको हो । लौरो, बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, खसीको […]

आज १ सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस […]

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने

यो वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नचलाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल र वेवसाइट, रेडियो टेलिभिजनमार्फत मतदातालाई सुसूचित गराउने काम भइरहेको उल्लेख गर्दै दुर्गम क्षेत्रमा मतदान हुनुअघिका दुई दिन मतदातालाई भोट हाल्ने तरिका बारेमा जानकारी गराइने बताउनुभयो ।