रामेछाप कारागारका ५ जना कैदीको सजाय मिनाहा

रामेछाप कारागारका ५ जना कैदीको सजाय मिनाहा

कारागार कार्यालय रामेछापबाट ५ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका ५ जना पनि कारागार मुक्त भएका हुन् ।

मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका मन्थली नगरपालिका ९ का नवराज भनिने सन्जय तामाङ,उदयपुरका कैला भनिने परमेश्वर सदा,रामेछापको दोरम्बा शैलुङ ४ का विनोद योन्जन रहेका छन ।

यसैगरी सवारी ज्यान मुद्धाका रामेछापको लिखुतामाकोशी १ का दिपेन्द्र थापा र कविलवस्तुका सन्दिप मौरीयाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालयका रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार