लिखु २ को सुरुङमा पानी वन्द गर्न विद्युत विकास विभागको निर्देशन

लिखु २ को सुरुङमा पानी वन्द गर्न विद्युत विकास विभागको निर्देशन

रामेछापको लिखु नदीमा निर्माणाधिन लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएर बस्ती जोखिममा परेपछि विद्युत विकास विभागले परिक्षणका लागि सुरुङमा पठाइएको पानी तत्काल लाई वन्द गर्न निर्देशन दिएको छ ।

आईतबार विभागका महानिर्देशक चिरञ्जिवि चटौतले जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी ग्लोबल हाईड्रोपावर एशोसियत लिमिटेडलाई पत्राचार गरी उक्त निर्देशन दिएका हुन् । आईतबारनै जिल्ला प्रशासन कार्यालय रामेछापले गृहसचिवलाई पत्राचार गरी सुरुङको पानी वन्द गर्न निर्देशनका लागि अनुरोध गरेको थियो ।

स्थानीय नागरिक र प्रशासनले यसअघीनै सुरुङ वन्द गर्न आग्रह गरेपनि आयोजनाले अटेर गर्दै आएको थियो । एमवि दुगड समूहको लगानीमा संचालित ५५ मेघावाट क्षमताको उक्त जलविद्युत आयोजनाले सुरुङ परिक्षणका लागि पानी हालेपछि रामेछापको उमाकुण्ड गाउंपालिका १ गुम्देलको पेकरनासमा सुरुङ भन्दा तल जताततै पानी चुहिएको छ ।

१५ दिन देखि गाउंभन्दा माथिबाट जताततै पानी निस्कीएपछि ४२ परिवारको वसोवास रहेको उक्त वस्तीका बासिन्दाले निदाउन पाएका छैनन् । स्थानीयले दिनहु आयोजनाको कार्यालयमा पुगेर वस्ती वचाउनका लागि याचना गरीरहेका छन् । तर सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार