विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रामेछापले वृक्षारोपण कार्यक्रम गरेको हो । मन्थली नगरपालिका वडा नं २ स्थित सशस्त्र प्रहरी कार्यालय नजिकै रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो ।

डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवका अनुसार कपूर,समी,निम,अम्बा लगायत १० प्रकारका एक १ सय ५० वटा विरुवाहरु रोपिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला,मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ लगायत विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

रोपिएका सबै बिरुवाहरु हुर्काउनका लागी पानी सहितको ट्याङ्कीको व्यवस्था मिलाइएको सहायक वन अधिकृत यादवले बताउनुभयो । ति बिरुवाहरु हुर्काउने जिम्मा सशस्त्र प्रहरीले लिएको उहाँको भनाई छ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार