रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

जिल्ला अस्पताल रामेछापमा महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर सुरु भएको छ । बाम्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सुरु भएको हो ।

शिविर सुरु हुनुअघि भएको एक कार्यक्रममा बोल्दै बाम्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला अस्पताल रामेछापलाई एउटा विशेष रोगको उपचार गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी पहल भैरहेको बताउनुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य केन्द्रमा राखेर अब आउने बजेट बनाएको उहाँले बताउनुभयो । नागरीकहरुको स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार गम्भिर भएर लागेको उहाँको भनाई छ ।

उक्त कार्यक्रममा बोल्दै बाम्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बाग्मती प्रदेशको सबै जिल्लामा आयोजना हुने महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर रामेछापबाट सुरु भएको बताउनुभयो । यस्तै शिविर प्रदेशको सबै जिल्लामा संचालन हुने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले आङखस्ने समस्या भएका महिलाहरुलाई यो शिविरमा आएर सेवा लिन आग्रह गर्नुभयो । कुनै पनि महिलाहरुलाई रोग पालेर नबस्न र समयमै उपचार गर्न उहाँले अनुरोध गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारीका अनुसार शिविरमा पाठेघर खसेको तथा फिस्टुला स्क्रिनिङ भएका महिलाहरुको निशुल्क शल्यक्रिया गरिने छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनका अनुसार शिविरमा निशुल्क शल्यक्रियापछि बिरामीलाई यातायात खर्च सहित घर पठाउने व्यवस्थापन मिलाइएको छ । आईतबार(आज)देखी सुरु भएको शिविर ३ दिनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार