रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

रामेछापमा मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–४ र लिटिल मोडल अफ रामेछापको सिजन–३ प्रतियोगिता हुने भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि सुनापतिले यो प्रतियोगिता गर्दै आएको छ ।

बिहीबार सदरमुकाम मन्थली पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रा.लि सुनापतिले मिस्टर एन्ड मिस मोडल अफ रामेछाप सिजन–४ र लिटिल मोडल अफ रामेछाप सिजन–३ प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि आवेदन लिने काम भइरहेको र प्रतियोगितामा सहभागिताका लागि असार १ गतेसम्म आवेदन दिन सक्ने बताउनुभयो ।

प्रतियोगिताको पहिलो अडिसन असार २० गते, दोस्रो अडिसन असार २६ र २७ गते मन्थलीमा हुने उहाँले बताउनुभयो । यो अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई असार १ गतेदेखि १५ गतेसम्म मन्थलीमा तयारी कक्षा सञ्चालन गरिने र असार १६ गते फाइनल अडिसन मार्फत विजेता घोषणा गरिने उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लाका १४ वर्षदेखि २९ वर्ष सम्मकाले मिस्टर एन्ड मिस मोडल अफ रामेछापमा र ६ वर्षदेखि १३ वर्ष सम्मकाले लिटिल मोडल अफ रामेछापमा सहभागी बन्न पाउनेछन् । कम्तीमा रामेछापका रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट दुई÷दुई जना गरी १६ जनाले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

आयोजकका अनुसार यो पटको प्रतियोगितामा भोटिङको व्यवस्था गरिने र सबै भन्दा बढी भोट प्राप्त गर्ने प्रतियोगीलाई भोटिङ राउन्डको छुट्टै अवार्ड प्रदान गरिनेछ । तर प्रतियोगीले प्राप्त गरेको भोटकै आधारमा विजेता भने घोषणा गरिने छैन । मिस्टर एन्ड मिस मोडल अफ रामेछाप सिजन–४ को विजेतालाई नगद १५ हजार र लिटिल मोडल अफ रामेछाप सिजन–३ को विजेतालाई नगद १० हजार रुपैयाँ सहित आकर्षक गिफ्ट ह्याम्पर तथा क्राउन ट्रफिबाट सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार