रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब  भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ हजाररुपैैंया मात्रै रकम छुट्याइएको छ ।

सबैभन्दा बढी सर्शत अनुदानतर्फ दुई अर्ब ७ लाख ४६ लाख रकम विनियोजन हुँदा सबै भन्दा कम विशेष अनुदानतर्फ छ करोड ५५ लाख बजेट विनियोजन भएको छ । पालिकास्तरीय बजेट हेर्ने हो भने बढी बजेट विनियोजन हुनेमा मन्थली नगरपालिका रहेको छ । सबैभन्दा कम भने उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ । मन्थली नगरपालिकाले चालुतर्फ ६० करोड ११ लाख, पूँजीगततर्फ दुई करोड ७६ लाख गरी जम्मा ६२ करोड ८७ लाख बजेट पाउनेछ ।

सबै भन्दा कम पाउने उमाकुन्ड गाँउपालिकाको लागि ३० करोड ९२ लाख बजेट विनियोजन भएको हो । जसमा पूँजीगततर्फ २ करोड ८५ लाख र चालुतर्फ २८ करोड ७ लाख रहेको छ । यसैगरी, दोस्रो बजेट रामेछाप नगरपालिकाको भागमा परेको छ । रामेछाप नगरपालिकाले चालुतर्फ ४१ करोड ५३ लाख र पूँजीगततर्फ चार करोड ८० लाख गरी कुल ४६ करोड ३३ लाख बजेट पाउनेछ ।

खाँडादेवी गाउँपालिकाले चालुतर्फ ३९ करोड ३१ लाख र पूँजीगत तीन करोड ८० लाख गरी ४३ करोड १२ लाख, लिखु तामाकोशि गाउँपालिकाले चालुतर्फ ३४ करोड ८६ लाख र पूँजीगततर्फ २ करोड ३० लाख गरी ३७ करोड १६ लाख, दोरम्वा शैलुङ गाउँपालिकाले चालुतर्फ ३२ करोड ६० लाख र पूँजीगततर्फ तीन करोड २२ लाख गरी ३५ करोड ८२ लाख, गोकुलगंगा गाउँपालिकाले चालुतर्फ ३१ करोड १४ लाख तथा पूँजीगततर्फ तीन करोड ७५ लाख गरी ३४ करोड ८९ लाख  र सुनापती गाउँपालिकाले चालुतर्फ ३१ करोड ६५ लाख तथा पूँजीगततर्फ दुई करोड ५५ लाख गरी ३४ करोड २० लाख रकम पाउनेछन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेको थियो । सो क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेश र स्थानीय सरकारलाई प्रदान गर्ने बजेटको समेत जानकारी दिनुभएको थियो । संघले स्थानीय सरकारलाई सशर्त, समानीकरण, विशेष र समपुरक अनुदान गरी ४ शीर्षकमा बजेट दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार