समाजसेवी मेघ सुवेदीद्वारा १५ सय परिवारलाई न्यानो कम्बल वितरण

समाजसेवी मेघ सुवेदीद्वारा १५ सय परिवारलाई न्यानो कम्बल वितरण

सेजल एण्ड सिस्टर संस्थाद्वारा समाजसेवी मेघ सुवेदी दम्पतिद्वयले पूर्व नेपालको बेलडाँगी शिविरमा बस्दै आएका सयौं व्यक्तिलाई जाडोको समय सुरु हुन लाग्दै गर्दा न्यायो माया सहितको न्यायो ब्लाङ्केट वितरण गरेका छन् । सुवेदीले प्रदान गरेको न्यानो माया सहितको न्यायो कम्बल पाएपछि फूलमाया राइले राहतको स्वास फेर्दै व्यक्त गरेकी छिन् ।

विभिन्न दातृ संस्थाहरुले सहयोग कटौती गर्दै गएपछि शिविरका ति साना झुपडिहरुमा बस्दै आएका शरणार्थीहरुको जीवन दिनानुदिन कष्टकर हुँदै गएको राइले बताएकी छिन् । राइले गहभरी आँसु पार्दै भनिन्ः हामीसंग भएको पुरानो सिरक डसना मुसाले काटिसक्यो, पुरानो भएर कति त फाटिसके । विभिन्न मनकारी व्यक्ति तथा संस्थाले दिनदिनै सहयोग कटौती गर्दै आएका छन् ।

राइजस्तै अर्का एक जना कर्णबहादुर राईले न्यानो माया सहितको न्यायो कम्बल पाउँदा खुसी आँखा भरी आँसु टिलपिल टिलपिल हुँदै गर्दा संस्था एवम् वरिष्ठ समाजसेवी मेघ सुवेदी दम्पतिद्वयलाई संस्थाको निरन्तराताको लागि धन्यवाद दिएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट शरणार्थी शिविरसम्म आएका वरिष्ठ समाजसेवी मेघराज सुवेदीले सेजल एण्ड सिस्टर अमेरिकाका तर्फबाट बिहीबार शिविरका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेका हुन् ।

शिविरमा रहेका ९एसएमसी० को रोहबरमा सुवेदीको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको थिए ।

समाजसेव मेघ सुवेदी भन्छन्स्( १५ वर्ष अगाडी म यही शिविरबाट पुनर्वासको लागि संयुक्त राज्य अमेरिका पुगेको हुँ । मलाई छाप्रोभित्र कठ्याङ्ग्रीएर जाडो काट्नुको पीडाको राम्रो अनुभव छ । त्यसकारण हामीले छोरीको नामबाट स्थापना गरेको संस्थामार्फत सहयोग गर्न पाउँदा अन्र्तहृदयदेखी नै आभार प्रकट गर्दछु ।

सुवेदी भन्छन्स्( हामीले अहिले करिब ३० लाख भन्दा बढीको लागतमा खरिद गरिएको न्यायो कम्बल पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा रहनुभएका थप पाँच सय घर परिवारलाई शुक्रबार वितरण गरेका छौं ।

समाजसेवी मेघ सुवेदी भन्छन्स्( बिगत ६ वर्षदेखि छोरी सेजलले जम्मा गरेको खुत्रुके बचतको रकम पनि यो सहयोगमा सामेल गरेकाछौं । छोरी सेजलको २० प्रतिशत योगदान रहेकोछ । सेजल एण्ड सिस्टर नामक संस्थाको संस्थापक भने मेघ सुवेदीको जीवनसाथी मोन सुवेदी रहेको उनले जानकारी गराउनुभएको छ ।

वरिष्ठ समाजसेवी मेघ सुवेदी न्यायो वितरण अभियानलाई साथ दिन सुवेदी उपस्थित भएका थिए भने साथमा कलाकार सञ्जित भण्डारी, सम्रान्त थापा, सुबासचन्द्र खरेल, निर्देशक केर कोईँच लिनुच, सेजल एण्ड सिस्टर एलएलसीका प्रतिनिधि सपना श्रेष्ठ र समाजसेवी यशोदा कट्वाल लगायतका अन्य व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।

बेलाडाँगी शिविरमा रहेका १५ सय परिवारलाई न्यानो माया सहितको न्यायो कम्बल वितरण गरेकोमा खुशी व्यक्त गर्दै शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव समेत रहेका सञ्चहाङ सुब्बाले परोपकारी मनका धनी वरिष्ठ समाजसेवी सुवेदीको परिवार र परोपकारी संस्था सेजल एण्ड सिस्टरलाई धन्यवाद व्यक्त गरेका थिए ।

वरिष्ठ समाजसेवी मेघ सुवेदीको न्यानो माया सहितको न्यान्यो कम्बल बितरण कार्यक्रमले शिविरका झाप्रोहरुमा बसोबास गर्ने १५ सय घर परिवारमा न्यायोले प्रवेश पाएको छ ।

मेघ सुवेदीको पवित्र कार्यप्रति ई–रामेछाप डटकम हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा तपाइँको परोपकारी कार्यहरु अझ मूर्त रुप लिँदै जाओस भनी शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार