रामेछापका सबै मतगणना स्थलमा सीसीटिभी जडान

रामेछापका सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । निर्वाचन आयोगले मतगणना स्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको ८ वटै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको हो । हिजै सबै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली रामेछापले जानकारी दिएको छ । २ नगरपालिका ६ गाउँपालिका र ६४ वडा रहेको जिल्लामा ३ सय ३६ […]

मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

मौन अवधिमा मतदाता प्रभावित पार्न हुनसक्ने सबै प्रकारका चलखेल रोक्न सबै संयन्त्र सक्रिय रहेको निर्वाचन आयोगले जनाएको छ । दलका उम्मेदवारहरू मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । मौन अवधिमा उम्मेदवारले भोट माग्न, घरदैलो कार्यक्रम गर्न, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मौन अवधि उम्मेदवार तथा दलहरूलाई […]

३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु

पर्सि हुने स्थानीय तहको निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधी सुरु भएको छ । यो समयमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् । मौन अवधिमा उम्मेदवारहरूले मत माग्ने, आफ्नो चुनावी अभियान गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, मतदातासँग भेटघाट गर्नेलगायत कार्य गर्न मिल्दैन । मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुनसक्ने […]

निर्वाचनको दिन यातायात बन्द,अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

स्थानीय तहको निर्वाचन हुने दिन यही वैशाख ३० गते यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल […]

मध्य रातिदेखि मौन अवधि सुरु हुने, आज प्रचारप्रसारको अन्तिम दिन

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन हुनु ४८ घन्टा अघि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन ऐन अनुसार आज मध्य रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचारप्रसारलगाायतका गतिविधि गर्न पाइँदैन । त्यसकारण चुनावी […]

घरदैलोमै मतदाता शिक्षा सञ्चालन नगरेकोमा रामेछापका नागरिकको असन्तुष्टि

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि यसपाली घरदैलोमै मतदाता शिक्षा सञ्चालन नगर्दा रामेछापका स्थानीय नागरिकले असन्तुष्टि जनाएका छन् । मतदाता शिक्षा सञ्चालन नभएका कारण मत बदर हुने हो कि भन्ने चिन्ता उनीहरूलाई परेको छ । अघिल्लो पटकको निर्वाचनको बेलामा घरदैलो अभियानबाट मतदाता शिक्षा सञ्चालन गरिएकोमा यसपटक मतदाता शिक्षा सञ्चालन नभएको स्थानियहरुको भनाइ छ […]

एमालेले मतदातालाई बाँड्न लागेको मल प्रहरीले नियन्त्रणमा लियो

स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा पुर्‍याएको १ ट्रक रासायनिक मल स्थानीयले कव्जामा लिएर प्रहरीको जिम्मा लगाएका छन् । सोमबार विजुलीकोटको भुमेडाडामा पुर्‍याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव […]

रामेछाप नगरपालिकामा बहुमत सहित चुनाव जित्छौं– लवश्री न्यौपाने

रामेछाप नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेको तर्फबाट उम्मेदवार बन्नुभएका लवश्री न्यौपानले बहुमत सहित चुनाव जित्ने बताउनुभयो । उहाँले रामेछाप नगरपालिकाको मेयरमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका नरबहादुर थापामगर र उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवार सिर्जना खड्का विजयी भएर नमुना काम गरेको भन्दै अबको निर्वाचनमा पनि नागरीकहरुले भारी मत दिएर आफुहरुलाई विजयी गराउने उहाँले बताउनुभयो […]

वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

यहि वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणम घोषणा नहुन्जेलसम्म रामेछाप नगरपालिका बन्द हुने भएको छ । यहि वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको नगरपालिकाले जानकारी गराएको छ । वैशाख ३० गते मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य […]

रामेछापमा निर्वाचनलाइ प्रभाव पार्ने गरी कर्मचारीको खटनपटन

स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने मनसायले मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले कर्मचारीको खटनपटन गरेको पाइएको छ । निर्वाचनलाई निष्पक्ष , धाधलिरहित र स्वच्छ वनाउनु पर्नेमा स्थानीय तहका कर्मचारीलाई सोहि स्थानीय तहमा खटाएर मूख्य निर्वाचन कार्यालयले त्यस्तो संन्देश दिएको हो । चुनावमा खटाएका कतिपय कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत, सुरक्षाका लागि राखेका गार्ड र राजनीतिक पृष्ठभूमिका पालिकाका […]