नेवाः समाजको कार्य बिस्तारमा केन्दिय समिति

नेवाः समाजको कार्य बिस्तारमा केन्दिय समिति

नेवाः समाज अमेरिकाका केन्द्रिय पदाधिकारीहरुले “आफिनो जाती, पहिचान र संस्कारको संरक्षण र सम्बर्धनको लागि अमेरिकाको ५० वटै राज्यहरुमा प्रचार प्रसारमा लागिपरेका छन् ।”

किशोर प्रधानको नेतृत्वमा रहेको ८ केन्द्रिय समितिहरुले आइताबार भर्जिनियाको ऐनरायीकोमा नेवाः समाज विकासको लागि मानव जीवनमा आइपर्ने विभिन्न प्रकारका नेवाः संस्कार, भेष, भुषा, भाषा, लिपी र पिता पुर्खादेखी चल्दै आएको संस्कार र परम्पराको संरक्षण गरिने बिषयमा जानकरी नेवाः समाजले जनाएको छ ।

बिभिन्न धर्ममा आस्था भएका नेवाः धार्मिक गुरू, पास्टरहरूले पनि आफ्नो आफ्नो भार्मिक संस्थाबाट जातीको पहिचान र विकासको लागि लागिपर्नेमा विस्वास नेवाः समाजले व्यक्त गरेको छ ।
उक्त सभामा बोल्दै पास्टर जोसेभ प्रधानले “जातीको विकास र संरक्षणमा पबित्र जातीहरूको सँधै प्रार्थना रहेको र रहिरने” प्रतिवद्धता दिएका थिए । नजिक्दै आएका हरेक पर्वहरूमा आफ्नो परिवारको र चर्चको उपस्थिती रहने भन्दै विश्वसामु पनि पवित्र सन्देश पुर्याउने जानकारि दिएका छन् ।

त्यसै गरी, समाजसेवी तथा गायक गणेश प्रधानले पनि “नेवाः समाज” को आवस्यक्तको बारेमा ठूलो बहस र छलफल गरी संस्थाप्रति उठेका सबै प्रश्नहरूको उत्तर दिएका थिए । नेवाः समाजले आउँदा भावी दिनहरुमा क्लिभल्याण्ड, ओहायोले तयार पारिएको कार्यत्रमको खाका र मितिको बारेमा जानकारी गराएका छन् । उक्त नेवाः समाजको भेटाघाट र कला सहित्यको सम्मान कार्यक्रम श्रम दिवस २०२४ को दिन समापन हुने गरी गरिने क्लिभल्याण्ड, ओहायो समाज तयार परेको कार्यत्रममा सबैलाइ भक्त प्रधान ले स्वागतम गरेका थिए ।

त्यसैगरि “नेवाःसमाज” को स्थापना कालदेखिनै जाती र पहिचानको संरक्षणा गरी नयाँ सन्ततिहरूमा रूपान्तरण गरिनु पर्छ भन्दै वकालत गर्दै आएका नेवाः अभियान्ता दुर्गा प्रसाद प्रधान, हस्त प्रधान (Harrisburg,PA), जिबन प्रधान, किशेर प्रधान (Pittsburgh,PA), तिलक प्रधान , स्याम प्रधान, अर्पना प्रधान (Manasash, VA), अर्जुन प्रधान , कुमारी प्रधान (Richmond, VA ) ले कार्यक्रमा उपस्थित सबैसामु संस्थाको उद्देश्य र महत्वबारे प्रकाश पर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सबै नेवाः जनहरुले (Pittsburgh,PA) मा भर्खरै सम्पन्न भएको भेटघाट तथा सम्मान कार्यक्रमको खुलेर तारिफ गर्दै आयोजक कमिटीका सदस्य जीवन प्रधानले नेवा जातीप्रति गरेको माया र लगावप्रति सम्मान व्यत्त गर्दै देवन प्रधान, तिलक प्रधान, अर्पना प्रधान, रमेश श्रेष्ठ, कमल प्रधान र दिप्सन प्रधानले आफ्ना अमूल्य भनाइरहरु पस्कनु भएको थियो ।

नेवाः समाज अमेरिकाका सदस्यहरूलाई खादा र अबीर टिकाले स्वागत गर्दै कुमारी प्रधानले सबैमा नेवाः भर्इ साधरण घरेलु बोलावटमा प्रयोगमा हुने भाषा मात्र जानेको र अन्य भाषाहरू लोप हुन लागेको बेला सबै जनाले आफ्नो आफ्नो जाती र भाषाको संरक्षणमा लाग्न आह्वान गर्नुभएको थियो । भने उक्त कार्यक्रमलाई सञ्चारकर्मी अर्जुन प्रधानले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार