हजुरको रेडियोमा कार्यरत ३ जना पत्रकार सम्मानित

हजुरको रेडियोमा कार्यरत ३ जना पत्रकार सम्मानित

रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्ष प्रवेशको अवसरमा रेडियोमा कार्यरत ३ जना पत्रकार सम्मानित भएका छन । रेडियोमा लामो समयदेखी कार्यरत समाचार प्रमुख तथा कार्यक्रम उत्पादक राजन महतारा क्षेत्री,बजार व्यवस्थापक निरु थापा र लेखा व्यवस्थापक रिता मगर सम्मानित भएका हुन ।

रेडियोमा आयोजित एक कार्यक्रममा मयुर यातायातका प्रमुख कार्यकारी अधिकृत सिता भट्टराईले सम्मानित भएका ३ जना पत्रकारलाइ सम्मान पत्र प्रदान गर्नुभयो । यसैगरी १४ औँ वर्ष प्रवेशको अवसरमा आज जिल्ला अस्पताल रामेछापमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको छ ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की सहित हजुरको रेडियोको टिम नै अस्पतालमा पुगेर फलफुल वितरण गरेको हो । “ हजुरको आवाज हजुरको साथ ” भन्ने नारालाई मुल मन्त्र बनाएर २०६६ साल श्रावण २९ गतेदखि नियमित रुपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सुचना, समाचार र कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको छ ।

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले १३ वर्षदेखि सुचनामु्लक,मनोरन्जनात्मक र विभिन्न भाषाभाषिहरुलाई समेटेर कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार