हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्षमा प्रवेश

हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्षमा प्रवेश

रामेछाप जिल्लाको पहिलो समुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । “ हजुरको आवाज हजुरको साथ ” भन्ने नारालाई मुल मन्त्र बनाएर २०६६ साल श्रावण २९ गतेदखि नियमित रुपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सुचना, समाचार र कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको छ ।

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले १३ वर्षदेखि सुचनामु्लक,मनोरन्जनात्मक र विभिन्न भाषाभाषिहरुलाई समेटेर कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार