हजुरको रेडियो १४ औँ वर्ष प्रवेशको अवसरमा विरामीलाई फलफुल वितरण

हजुरको रेडियो १४ औँ वर्ष प्रवेशको अवसरमा विरामीलाई फलफुल वितरण

हजुरको रेडियो १४ औँ वर्ष प्रवेशको अवसरमा विरामीलाई फलफुल वितरण

रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज १४ औँ वर्ष प्रवेशको अवसरमा आज जिल्ला अस्पताल रामेछापमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की सहित हजुरको रेडियोको टिम नै अस्पतालमा पुगेर फलफुल वितरण गरेको हो ।

यसैगरी १४ औँ वर्ष प्रवेशको अवसरमा रेडियोमा कार्यरत ३ जना सन्चारकर्मी सम्मानित भएका छन । रेडियोमा लामो समयदेखी कार्यरत समाचार प्रमुख तथा कार्यक्रम उत्पादक राजन महतारा क्षेत्री,बजार व्यवस्थापक निरु थापा र लेखा व्यवस्थापक रिता मगर सम्मानित भएका हुन । रेडियोमा आयोजित एक कार्यक्रममा मयुर यातायातका प्रमुख कार्यकारी अधिकृत सिता भट्टराईले सम्मानित भएका ३ जना सन्चारकमीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

“ हजुरको आवाज हजुरको साथ ” भन्ने नारालाई मुल मन्त्र बनाएर २०६६ साल श्रावण २९ गतेदखि नियमित रुपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सुचना, समाचार र कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले १३ वर्षदेखि सुचनामु्लक,मनोरन्जनात्मक र विभिन्न भाषाभाषिहरुलाई समेटेर कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार