रामेछापका सोहन सुवेदीले आफ्नो जन्मदिनमा खुवाए दुःखी गरीबलाई खाना

रामेछापका सोहन सुवेदीले आफ्नो जन्मदिनमा खुवाए दुःखी गरीबलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता बेद कुमारी सुवेदी र पिता उद्दब प्रसाद सुवेदीको कोखबाट तेश्रो सन्तानको रुपमा २०५३ साल श्रावण २७ गते जन्मिएका सोहन सुवेदीले उनको जन्मोत्सको अवसरमा रक्षा बन्धन तथा जनै पूर्णिमाको दिन हिजो २७ गते सडक मानबहरुलाई रातको एक छाक तातो खाना र पानी खुवाएका छन् ।

शारीरिक तथा मानसिक अवस्था ठीक नभएका बृद्ध, अशक्त एवं असहाय भएका शयौंको संख्यामा मानिसहरु काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पुल मुनी र सडक पेटीमा सुत्ने गर्दछन् । उनीहरुलाई जन्मदिनको अवसरमा सोहनले एक छाक तातो क्वाँटी पनिर खाना र पानी खुवाउन आर्थिक सहयोग प्रदान गरेका थिए ।

सोहनले मन्थलीको तामाकोशी इङलिस बोर्डिङ स्कुलबाट प्रथम श्रेणीमा एस्.एल्.सी. उत्रीण गरेका थिए भने तत् पच्चात होली भिजन टेक्निकल क्याम्पस काठमाडौंबाट डिप्लोमा फार्मेसी गरेका थिए । हाल उनी मन्थली बहुमुखी क्याम्पसमा ब्याचलर डिग्री अध्ययनरत छन् ।

सामाजिक सेवामा सक्रिय युवा सोहन अरुको दुःख पीडामा आफुले सकेको सहयोग विभिन्न क्षेत्रहरुमा प्रदान गर्दै आइरहेका छन् । डेढ वर्ष देखी मन्थली अस्पतलमा फार्मेसिष्टको जागिर गर्दै आएका छन् ।

कोरोना कहरले नेपालमा लकडाउन सुरु भए देखी गरीब दुःखीहरुको भगवान् बन्दै आएका मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले काठमाडौंमा रात्री भोजन सेवा सञ्चालन गर्दै आइरहेका छन् । सोहनले हिजो जन्मोत्सवको दिन गरीब दुःखीहरुलाई एक छाक खाना खुवाउन आर्थिक सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार