हिलेपानीमा महतारा क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण

हिलेपानीमा महतारा क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण

जनैपूर्णिका अवसरमा रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा आज सेती देवीको मन्दिर उद्धघाटन गरिएको छ । हिलेपानीमा रहेका महतारा क्षेत्री र रोकाया क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण सम्पन्न गरि आज रुद्रि पुजा लगाएर उद्धघाटन गरिएको हो ।

रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयको एक लाख आर्थिक सहयोग र स्थानियको जनश्रमदानमा निर्माण भएको उक्त मन्दिरमा महतारा क्षेत्री र रोकाया क्षेत्रीहरुले पुजाआजा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार