७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय

सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो । जापान सरकारकाबाट प्राप्त […]

तोकिएको भन्दै बढी शुल्क नलिएको पुष्टि गर्न शिक्षा मन्त्री पौडेलको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको पुष्टि भएन भने कारबाही गर्ने मेडिकल कलेज सञ्चालकलाई चेतावनी दिनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको थियो ।अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ […]

सत्ता गठबन्धन दल राष्ट्रिय सभा निर्वाचनमा सहमति अनुसार नै अघि बढ्ने

सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसअघि भएको सहमति अनुसार नै अघि बढ्ने निष्कर्ष निकालेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा केन्द्रित छलफल भएको नेताहरूले बताएका छन् । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनमा रहेका […]

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि माओवादी पार्टी कार्यालय बन्द

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय बन्द गरिएको छ । पार्टी कार्यालयमा कार्यरत ४ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयका ४ जना कर्मचारीमा कोराना सङ्क्रमण पुष्टि भएको माओवादी केन्द्रकाकेन्द्रीय निर्वाचन आयोगकाअध्यक्ष विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको अत्यावश्यक काम बाहेक अन्य काम बन्द भएको उहाँले जानकारी […]

सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु […]

कोरोना सङ्क्रमित हुनेको दरबढ्दै

गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५ पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो । गत साताको तुलनामा यो साता ० दशमलव ९ […]

यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेकोहो । यो वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकिएको छ । यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो। २०७६ […]

एमाले रामेछापको अध्यक्षमा आनन्द र लवको उम्मेदवारी घोषणा

नेकपा एमाले रामेछापको अध्यक्षमा दुईजनाले उम्मेदवारी घोषणा गरेका छन । रामछापका एमाले नेता आनन्द श्रेष्ठ र लव श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन । आनन्द कुमार श्रेष्ठ एमाले रामेछापका जिल्ला सचिव हुनुहुन्छ । यसअघि एमाले र माओवादीबीच एकता भएर बनेको तत्कालिन नेकपा भित्र आन्तरिक शक्ति संघर्ष चुलिएका बेला उहाँले अध्यक्ष भएर काम गर्नुभएको थियो । यस्तै […]

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । अहिले पालिका स्तर र जिल्ला निर्वाचन […]

महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकाले नगरका सबै विद्यालयमा अध्यापन गराउने महिला शिक्षकहरुलाई कानून तथा मनोसामाजिक परामर्श क्षमता विकास सम्बन्धी १ दिने तालिम दिएको छ । स्थानिय तहका विभिन्न कानून तथा मनोसामाजिक परामर्श सम्बन्धि विभिन्न कुराहरुको बारेमा महिला शिक्षकहरुलाई तालिम दिएको रामेछाप नगरपालिकाका कानूनी सल्लाहका लोकहरी दाहालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले […]