बागमती प्रदेशको नीति तथा कार्यक्रम आज दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को निती तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसदमा निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

मुुलुक संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौं पटक निती तथा कार्यक्रम ल्याउन लागेको भएपनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा निति तथा कार्यक्रम आउन लागेको छ ।

आगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा प्रदेश सरकारले कृषि,उत्पादन, रोजगारी र आत्मनिर्भरलाई प्राथमिकतामा राखेको छ । यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जमकट्टेलले निती तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार