राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो ।

प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० हजार किसानका घरमा पुगि कृषि गणना गरिरहेको छ । तराईका केहि पालिकाहरूमा गणना गर्न बाँकी रहेकोले तोकिएको समयमै गणना कार्य सकिने विभागका निर्देशक बद्रिकुमार कार्कीले  बताउनुभयो ।

कृषि गणनाका लागि अहिले देशभर पाँच हजार दुई सय गणक र एक हजार तीन सुपरीवेक्षक खटिएका छन् । सातौँ कृषि गणनामा गणकले सङ्कटमा रहेका रैथाने पशुपन्छीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्छीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिरहेका छन् । कृषि गणनाको परिणामआउन करिव६ महिना लाग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार