असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने

सरकारले असार मसान्तसम्म माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल सार्वजनिक गर्ने योजना अनुसार काम गरिरहेको बताएको छ । अहिले उत्तर पुस्तिका परिक्षणको काम भइरहेको र योजना अनुसार असार मसान्तसम्ममा परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पूर्वनिर्धारित योजना अनुसार नै काम भइरहेको बताउनुभयो । गत बैशाख ९ देखि २० गतेसम्म भएको एसइइ परीक्षामा पाँच लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार