नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी प्रणय दिवस मनाइँदै

आज प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ अर्थात फागुन २ गतेका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव तथा भ्रातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा […]

विद्याकीदेवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

आज माघ शुक्ल पञ्चमी, विद्याका अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ।विद्या र सिर्जनाका देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।सूर्य उत्तरतिर लागेर दिन लामो हुने र […]

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, […]

स्वस्थानी व्रत सुरु, कोरोनाको कारण माधवनारायण मेला नगरि व्रत मात्र

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरवात हुन्छ । बिहान माघ […]

७ औं राष्ट्रिय योग दिवस मनाइँदै

आज ७ औं राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै छ । नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि यस वर्षको राष्ट्रिय योग दिवस भर्चुअल माध्यमबाट मनाउन लागिएको हो ।आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट दिवस मनाउन लागिएको जनाएको छ । योग दिवसको अवसरमा सबै जिल्लाहरूको आयुर्वेद कार्यालयमा […]

आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

आज माघ १ गते अर्थात् माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको […]

आजबाट सन् २०२२ सुरु

अङ्ग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको इतिहास रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक […]

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस’ आज मनाइँदै

इसाई धर्माबलम्बीहरूको महान पर्व ‘क्रिसमस’ आज नेपालसहित विश्वभर मनाइँदैछ । कोरोना महामारीका कारण यसवर्ष पनि अन्य वर्षहरूको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो । प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाउने […]

शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै

आज बालाचतुर्दशी पर्व मनाइँदैछ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । यसका लागि हिजो बेलुकी अर्थात त्रयोदशीदेखि नै दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन रहेको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । रातभर जाग्राम बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेगर्छन् । यस अवसरमा काठमाडौंको […]

आज हरिबोधिनी एकादशी मनाइँदै

आज हरिबोधिनी एकादशी मनाइँदै छ । एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रुपमा हरीबोधिनी एकादशीलाई लिने गरिन्छ । आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास पनि रही आएको छ । आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी […]