रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ ।

महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ हप्तासम्म बाजागाजा सहित लाग्ने मेलामा हायुजातिका पुरुषहरु पुजारी हुन्छन । विभिन्न भाकल तथा दर्शनका लागी यस मेलामा रामेछाप सहित सिन्धुलीका हायु जातिका मानिसहरु र अन्य जातजातीका मानिसहरु पनि दर्शन गर्न आउने गर्छन । यहाँ दर्शन गरेपछि मनोकामना पुरा हुने जनविश्वास छ ।

https://youtu.be/qvxfTTwzu54

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार