रामेछाप बाबियाखर्कमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

रामेछाप बाबियाखर्कमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कको गणेश चोकमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ । यहि वैशाख १९ गते सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ वैशाख २७ गतेसम्म संचालन हुनेछ ।

बाबियाखर्कका दामोदर घिमिरेले व्यक्तिगत लगानीमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाउनुभएको हो । काश्यप गोत्र घिमिरे थरका समस्त पितृहरुको वैकुण्ठवासको कामना गर्दै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाइएको हो ।

श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा प्रशिद्ध पण्डित प्रमोद सुवेदी र विष्णु प्रसाद ढुंगानाले पाठ पारायण तथा संगीतमय कथा वाचन गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार