रामेछाप डाँडामा रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु भएको छ । बषैँ पुरानो मन्दिरको २०५२ सालमा रणशेर गुल्मले जिर्णोद्धार गरेको थियो । त्यसपछि २०७२ को भुकम्पले आंशिक क्षती गरेको मन्दिर संरक्षणको पर्खाइमा थियो । मन्दिर पुरै भत्काएर नयाँ बनाउन लागिएको रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो […]

रामेछापको छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा नव निर्मित शिव मन्दिरको उद्धघाटन गरिएको रामेछाप नगरपालिका ७ का वडा सदस्य महेन्द्र मगरले जानकारी दिनुभयो । एक सय वर्षिय मनमाया मगरले उक्त मन्दिरको उद्धघाटन गर्नुभएको हो । वडा कार्यालय,स्थानियको जनश्रमदान तथा सहयोगमा मन्दिर निर्माण गरिएको हो । […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

रामेछापका नागरिक उम्मेदवारको धारणा र योजनाबारे सोधिखोजी गर्दै

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । आफूलाई मत दिन आग्रह गर्दै घरदैलोमा पुगेका उम्मेदवारसँग रामेछापका मतदाताले भने विकास, स्थायित्व, रोजगारी लगायत विषयबारे उम्मेदवारको धारणा र योजनाबारे खोजी गरिरहेका छन् । सबै काम गरिदिने भन्दै निर्वाचनका बेला ठिक्क पार्ने गरेपनि निर्वाचनपछि नाकमुख नदेखाउने नेताको […]

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै

केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे । हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे […]

हिलेपानीमा महतारा क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण

जनैपूर्णिका अवसरमा रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा आज सेती देवीको मन्दिर उद्धघाटन गरिएको छ । हिलेपानीमा रहेका महतारा क्षेत्री र रोकाया क्षेत्रीहरुको कुलदेवी सेती देवीको मन्दिर निर्माण सम्पन्न गरि आज रुद्रि पुजा लगाएर उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयको एक लाख आर्थिक सहयोग र स्थानियको जनश्रमदानमा निर्माण भएको उक्त […]

२८ औँ विश्व आदिवासी दिवस मनाइँदै

आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना […]

रामेछापमा परालको गुन्द्रीको प्रयोग हराउँदै जाँदा पुराना पुस्ता चिन्तित

घरमा पाहुना आउँदा प्रयोग हुने परालको गुन्द्री हराउँदै जाँदा पुराना पुस्ता चिन्तित बनेका छन् । आधुनिकतासँगै रामेछापमा तान लगाएर बुनिने परालको गुन्द्रीको सट्टा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्रीको प्रयोग गर्ने परम्परा छ । पहिले घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न दिनुपनि प्रतिष्ठाको विषय हुनुका साथै […]