दसैँको तेस्रो दिन आज पनि टिका थाप्नेक्रम जारी

विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै […]

टीकाको साइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि यस वर्ष टिकाको साइत असोज २९ गते शुक्रबार बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । विजया दशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै

केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे । हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे […]

आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै

बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । […]

आज घटस्थापना, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै छ । पहिलो दिन आज समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ […]

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । ज्योतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात पिण्डदान […]

यस वर्ष दशैंको टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा […]

आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण पक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्र श्राद्धमा पितृको श्राद्ध र तर्पण गर्ने गरिन्छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना […]

आज विश्वकर्मा पुजा गरिदैँ, राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदै

आज विश्वकर्माको पूजा आराधना गरिँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । आजका दिन फलामको विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक […]

रामेछापमा हरितालिका तीज (फोटोफिचर)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । रामेछापका विभिन्न शिवालयहरुमा विहार्नैदेखी भक्तजनहरुको भिड छ । महिलाहरु मन्दिर,खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन् । जिल्लाको प्रमुख धार्मिक स्थलहरु थानापति,केवलेश्वर,ताराखसे लगायतका मन्दिरहररुमा महिलाहरु भेला भएर तिज मनाइरहेका छन । जिल्लाका विभिन्न ठाउँमा तिज मनाईरहेका महिलाहरुले सामाजिक […]