छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि […]

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

  मिथिला क्षेत्रमा महत्वपूर्ण छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् ।अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, […]

तिहारको पाँचौँ दिन आज भाइटीका मनाइयो

तिहारको पाँचौँ दिन आज भाइटीका , दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका तथा मखमली, सयपत्रीको माला लगाएर मनाईएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । […]

नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको […]

आज यमपञ्चकको चौथो दिनः गाई, गोरु र किसानको पूजा आजा गरिंदैै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र किसानको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले […]

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदै

आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा गरेर आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गर्ने चलन छ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सधैँ बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वास छ । […]

तिथि घटबढका कारण आज एकैदिन काग र कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई मीठो खानेकुरा खान दिइन्छ । तिथि घटबढका कारण बिहान त्रयोदशी भएकोले आज काग तिहार मनाउन थालिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि थियो […]

तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार एकै […]

भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै […]

बडादसैँको अन्तिम दिन आज मान्यजनको हातमा टीका जमरा लगाउने क्रम जारी

बडादसैँको अन्तिम दिन आज पनि मान्यजनको हातमा टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमीअर्थात विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमा आज […]