रामेछापका नागरिक उम्मेदवारको धारणा र योजनाबारे सोधिखोजी गर्दै

रामेछापका नागरिक उम्मेदवारको धारणा र योजनाबारे सोधिखोजी गर्दै

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । आफूलाई मत दिन आग्रह गर्दै घरदैलोमा पुगेका उम्मेदवारसँग रामेछापका मतदाताले भने विकास, स्थायित्व, रोजगारी लगायत विषयबारे उम्मेदवारको धारणा र योजनाबारे खोजी गरिरहेका छन् । सबै काम गरिदिने भन्दै निर्वाचनका बेला ठिक्क पार्ने गरेपनि निर्वाचनपछि नाकमुख नदेखाउने नेताको बानीका कारण नागरिक दिक्क हुने गरेका छन् ।

त्यसैले अब विकासको योजना बनाउन सक्ने र आफ्नो दुःखसुखमा साथ दिने उम्मेदवारलाई मतदाताले मत दिने रामेछाप नगरपालिका ७ का नविन मगरले बताउनुभयो । राजनीतिक परिवर्तनका लागि प्रशस्त आन्दोलन भइसकेकाले अब आर्थिक विकासलाई मुख्य मुद्दा बनाउनुपर्ने धेरै नागरिकको बुझाइ छ । रोजगारी सिर्जना, उत्पादनमूलक काममा जोड, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच, विभेदको अन्त्य जस्ता कुरालाई प्राथमिकता दिने उम्मेदवार रोजाइमा पर्ने सुनापती गाउँपालिका ३ का रामशरण कार्कीले बताउनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाले सुशासन र विकासको थिति बसाउने, आवश्यक कानुन निर्माण गर्ने, बजेट र विकासको मुलभुत खाका तय गरी देशको गन्तव्य तय गर्ने मात्र नभइ सरकार निर्माण र सरकारलाई खबरदारी गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी पाएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार