रामेछाप डाँडामा रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु

रामेछाप डाँडामा रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै रहेको पशुपतिनाथ मन्दिरको पुनःनिर्माण सुरु भएको छ । बषैँ पुरानो मन्दिरको २०५२ सालमा रणशेर गुल्मले जिर्णोद्धार गरेको थियो ।

त्यसपछि २०७२ को भुकम्पले आंशिक क्षती गरेको मन्दिर संरक्षणको पर्खाइमा थियो । मन्दिर पुरै भत्काएर नयाँ बनाउन लागिएको रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।

बाग्मती प्रदेशको १० लाख,रामेछाप नगरपालिकाको १२ लाख र रामेछाप बजार टोल विकास समितीले देउसी भैलो खेलेर संकलन गरेको १० लाख गरी ३२ लाखको लागतमा मन्दिर निर्माण हुने वडाअध्यक्ष तामाङले बताउनुभयो ।

काठमाण्डौँमा रहेको पशुपतिनाथ मन्दिरकै शैलीमा नयाँ मन्दिर निर्माण हुने छ । उपभोक्ता समिति मार्फत मन्दिरको पुनःनिर्माण सुरु भैसकेको वडाअध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार