रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा कही वर्षअघिदेखि रामेछाप जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो ।

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौं रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोवाइल, ल्यापटप, र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको हो ।

गाउँ होस् या सहर युवायुवतीले यस्तो परम्परागत संस्कृतिको पिङ खेल्न चासो दिनुपर्ने यहाँका बुढापाकाको भनाई छ । परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई जोगाउन युवा पुस्तासँगै स्थानीय सरकारले पनि चासो दिनु आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार