रामेछाप भंगेरीका नेवार समुदायले भदौ २० गते लाखेनाच देखाउने

रामेछाप भंगेरीका नेवार समुदायले भदौ २० गते लाखेनाच देखाउने

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले लाखेनाच देखाउने भएका छन । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ १९,२० र २१ गते लाखेनाच प्रदर्शन गर्न लागेका हुन ।

२०७६ सालमा कोरोना भाइरसको कारणले रोकिएको लाखेनाच यस बर्ष तिन दिन विशेष सांस्कृतिक कार्यक्रम सहित देखाउन लागिएको भंगेरी लाखे नाच सांस्कृतिक समुहका अध्यक्ष नरेश बाबू श्रेष्ठले जानकारी दिनुभयो ।

भदौ २० गते कृष्णअष्टमीका दिन बिहान ११ बजे भंगेरी कृष्ण मन्दिर हुँदै धारापानी शिव मन्दिरसम्म पुगेर लाखे नाच देखाइने छ ।

मध्यान्ह १२ बजे डाँडा भिमसेनथान मन्दिर भंगेरी,दिउँसो १ः३० बजे रामेछाप माथिल्लो बजार,दिउँसो ३ः३० बजे आर्मि ब्यारेक,दिउँसो ४ः३० बजे रामेछाप नगरपालिकाको अगाडी,साँझ ६ बजे मानेँडाँडा र राती १० बजे झगडे चौर भंगरीमा लाखे बद्य गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले जानकारी बताउनुभयो ।

नेवारी मात्रै नभएर विभिन्न जातजातिका भेषभूषा सहित विविधि सांस्कृतिक कार्यक्रम सहित लाखे नाच प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार