रामेछापको छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन

रामेछापको छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा नव निर्मित शिव मन्दिरको उद्धघाटन गरिएको रामेछाप नगरपालिका ७ का वडा सदस्य महेन्द्र मगरले जानकारी दिनुभयो ।

एक सय वर्षिय मनमाया मगरले उक्त मन्दिरको उद्धघाटन गर्नुभएको हो । वडा कार्यालय,स्थानियको जनश्रमदान तथा सहयोगमा मन्दिर निर्माण गरिएको हो । शिव मन्दिर उद्धघाटन भएसँगै छाप,पात्लेका स्थानियहरुलाई पुजाआजा गर्न सहज हुने वडा सदस्य मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार