तत्कालिन माओवादिका वडाअध्यक्षका उम्मेदवार सहित २० जना कांग्रेसमा प्रवेश

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ का तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान सहित २० जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसको वडामा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत आज साँघुटारमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा माओवादिका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रधान, तत्कालिन नेकपा माओवादिका महिला वडा सदस्यका उम्मेदवार […]

विहिबार नेपाली कांग्रेसले रामेछापका ६४ वटै वडामा विरोध प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोनरत नेपाली कांग्रेसले विहिबार रामेछापको ६४ वटै वडामा विरोध प्रदर्शन गर्दै छ । केन्द्रका घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस रामेछापले सबै वडामा विरोध विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रदेश निर्वाचन क्षेत्र र आठ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली कांग्रेस रामेछापले विहिबार सबै वडामा विरोध प्रदर्शनको कार्यक्रम गर्न […]

नेकपा रामेछाप नगर कमिटीद्धारा पार्टी एकताबद्ध रहेको सन्देश

नेकपा रामेछाप नगर कमिटीले आफुहरु एकै ठाउँमा उभिएर एकताबद्ध रहेको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र शहीद गंगालालको जन्मभूमि समेत रहेको रामेछाप नगर कमिटीमा रहेका अध्यक्ष, सचिव र तीन जना कार्यालय सदस्यहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी एकताबद्ध रहेको सन्देश दिएका हुन् । नेकपा रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल […]

नेपाली काँग्रेसले रामेछाप सहित आज ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न लागेको हो । […]

रामेछापमा प्रचण्ड–माधव समुहको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुह रामेछापले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम र विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरोधमा प्रचण्ड–माधव समुहले आइतबार सदरमुकाम मन्थलीमा विरोध कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा प्रचण्ड–माधव समुह रामेछापका अध्यक्ष […]

नेकपा प्रचण्ड–माधव समूह रामेछापले प्रधानमन्त्रीलाई पठायो संविधान

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह रामेछापले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । आज जिल्ला प्रशासन कार्यालय मन्थलीमा पुगेको रामेछाप कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा रामेछापवासीको तर्फबाट आफ्नो पार्टीले […]

नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज रामेछाप सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको छ । श्रेष्ठ यसअघि पूर्व एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहनुभएको थियो । […]

निर्वाचनमा लाग्न कार्यकर्तालाई उपप्रधानमन्त्री पोखरेको निर्देशन

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो । नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी […]

बागमती प्रदेश सरकारद्धारा प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठब बसेको छैन । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव […]

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ […]