मुलुकको रक्षाका लागि डटेर लाग्छु : उपप्रधानमन्त्री पोखरेल

मुलुकको रक्षाका लागि डटेर लाग्छु : उपप्रधानमन्त्री पोखरेल

नेकपा बागमति प्रदेशले आज काठमाडौँको दरवारमार्गमा आयोजना गरेको आमसभामा नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जस्तोसुकै प्रतिकुलता आए पनि मुलुकको रक्षाका लागि डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको अराजकता अस्थिरता समाप्त गर्ने अभियानमा आफूहरु रहेका बेला केही तत्वहरुले विभिन्न बहानामा अवरोध गरेपनि आफूहरु देश र जनताका लागि अगाडि बढेको पोखरेलले बताउनुभयो । जनताको बीचमा गएर सबै गलत शक्तिलाई परास्त गरी मुलुकको सार्वभौम, गणतन्त्र, लोकतन्त्र, स्वाधिनता तथा राष्ट्रिय एकतालाई कायम गरिछाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको धारणा राख्नुभयो । पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार