रामेछापमा नेकपा प्रचण्ड माधव समुहको बन्द गराउने नयाँ शैली

रामेछापमा नेकपा प्रचण्ड माधव समुहको बन्द गराउने नयाँ शैली

बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी विहिवारको वन्द कर्ताहरूले वन्दको आब्हान गर्दै वजार सरसफाई समेत गरेका छन् । आन्दोलनकारीहरू सडक र सडक पेटी वडारीरहेका थिए भने सररफाइमा यस अघि देखि निरन्तर रुपमा लागिरहेको रामेछाप सहयोगी मनहरू (रासम) का पदाधिकारीहरु उनीहरुले वडारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए । सरसफाईमा नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, संघिय सांसद श्याम कुमार श्रेष्ठ र अध्यक्ष मैन कुरमार मोक्तान लगाएतका जिल्ला नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् । जसका कारण नेकपा दाहाल–नेपाल (दाने) समुहले आयोजना गरेको वन्दको प्रभाव रामेछापको सरदमुकाम मन्थलीका परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेका छैनन भने मन्थली वजार का मुख्य भाग का वजरहरु पनि वन्द रहेका छन् भने शिक्षण संस्थाहरुपनि वन्द रहेका छन् । वसपार्क क्षेत्र, मन्थलीका भित्रि वजारहरु र पालिका स्तरमा भएका केहि वजारहरु भने खुल्ला रहेका छन् । सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहिको उपस्थिति न्यून रहेको छ । सडकमा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन भने जनपद र शसस्त्र प्रहरीको मोवाइल गस्ती टोली पनि घुमिरहेको छ । आन्दोलकारीहरुले बुधवार साँझ पनि मसाल जुलुस प्रदर्शन गरेर विहिवारको हाम हड्ताल सफल पार्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार