संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

संसद विघटन विरुद्ध रामेछापमा काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध ¥यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् । प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद मुर्दावाद, पेशाकर्मीलाई बनायो आहात– महामारीमा पनि दिएन राहत, वर्तमान सरकारको उपहार–महगी कुशासन भ्रष्टाचार जस्ता नारा लेखिएका प्लेकार्ड सहित मन्थलीको वीपीचोकबाट निस्केको ¥यालीले मन्थली बजार परिक्रमा गरी नेपाल शिक्षक संघको कार्यालय नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार