आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी

आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ axमाघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । आज आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री ओलीलाइ सभा कस्तो हुन्छ ? देख्नुभयो ?भनेर प्रश्नगर्नुभएको थियो । अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने चेतावनी पनि उहाँले दिनुभयो । अध्यक्ष प्रचण्डले केपीओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार