ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजले प्रजिअलाई बुझायो विरोध पत्र

ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजले प्रजिअलाई बुझायो विरोध पत्र

वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै प्रातान्त्रिक विचार समाज रामेछापले आइतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा विरोध पत्र बुझाएको छ । समाजकाअध्यक्षनारायण बहादुर बोगटिले प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्मा गुरागाँइलाई उक्त बिरोध पत्रबुझाउनु भएको हो ।

विरोध पत्रमालोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिकबिधि, प्रकृया र संबिधानप्रदत्तअधिकारको प्रयोग मार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको संवैधानिक एबं राजनैतिक प्रणालिको भएपनिआफ्नो दलभित्रको आन्तरिक समस्यालाई कारण देखाएर लोकतान्त्रि प्रणालीका बर्खिलापमाउभिने, संबिधानमाहुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमुलक संस्थाको बिघटन गर्ने,संस्थागतविकासको प्रकृयामा रहेकोसंघिय लोकतान्त्रिक गणतन्त्रको संबिधानमाथिप्रहार गर्ने सरकारको यस किसिमको कदमले लोकतन्त्रकमजोर भएको कुरा उल्लेख गरिएको छ ।

समाजका केन्द्रीयअध्यक्षडा केदार नरसिंह के शी, प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी र जिल्लाअध्यक्षनारायण बोगटि द्वारा हस्ताक्षरीत विरोध पत्रमायस प्रकारको अलोकतान्त्रिक असंबैधानिक र सर्वसत्तावादिकदम सच्याउदै देशलाई संबिधानको लोकतान्त्रिकदिशामाफर्काउनआग्रह गरीएको छ ।

देशभर आज एक साथबुझाउने कार्यक्रमअन्तर्गतको बिरोध पत्रबुझ्दै प्रजिअगुँरागाँइले सम्बन्धितनिकायमा यो विरोध पत्र जस्ताको तस्तै तत्काल पठाइदिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार