रामेछापमा प्रचण्ड–माधव समुहको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुह रामेछापले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम र विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरोधमा प्रचण्ड–माधव समुहले आइतबार सदरमुकाम मन्थलीमा विरोध कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा प्रचण्ड–माधव समुह रामेछापका अध्यक्ष […]

नेकपा प्रचण्ड–माधव समूह रामेछापले प्रधानमन्त्रीलाई पठायो संविधान

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह रामेछापले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । आज जिल्ला प्रशासन कार्यालय मन्थलीमा पुगेको रामेछाप कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा रामेछापवासीको तर्फबाट आफ्नो पार्टीले […]

नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज रामेछाप सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको छ । श्रेष्ठ यसअघि पूर्व एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहनुभएको थियो । […]

निर्वाचनमा लाग्न कार्यकर्तालाई उपप्रधानमन्त्री पोखरेको निर्देशन

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो । नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी […]

बागमती प्रदेश सरकारद्धारा प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठब बसेको छैन । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव […]

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ […]

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सहित देशभर प्रदर्शन गर्दैछ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुनेछ । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा […]

वाग्मती प्रदेशका तीन जना मन्त्रीद्धारा राजीनामा, सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण […]

संसद बिघटनको सिफारीस प्रति नेकपा रामेछाप नगर कमिटिको प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टि नेकपा रामेछाप नगर कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको सिफारीस प्रति खेद प्रकट गरेको छ । पार्टिले एक बिज्ञप्ती जारी गरी आइतवार प्रधानमन्त्री के पी शर्मा ओलीले नयाँ जनादेशका नाममा संसद बिघटन गरी निर्वाचनमा जाने गरेको निर्णय संविधानको बर्खिलापमा भएको र उक्त कदमले नेकपाका तमाम कार्यकर्ता र जनताको भावनामा चोट […]

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेपनि उहाँले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको कदमलाई सभापति देउवाले अधिनायकवादउन्मुख कदम भन्दै टिप्पणी पनि गर्नुभएको छ । सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, ‘अधिनायकवाद […]