रामेछापमा काँग्रेसको विरोध कार्यक्रम, २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

रामेछापमा काँग्रेसको विरोध कार्यक्रम, २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

नेपाली काग्रेस रामेछापले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध विरोध र्याली तथा सभाको आयोजना गरेको छ । नेपाली काग्रेसका सभापति लवश्री न्यौपानेको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबं श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री के पी शर्मा ओलिले चालेको कदमका वारेमा विभिन्न नारावाजी गर्दै स्थानीय विविचोक वाट निस्केको जुलुसले मन्थली वजार परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको थियो । सोहि कार्यक्रममा रामेछाप नगरपालिका ८ सल्लेका २१ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विजय तामाङको नेतृत्वमा २१ जना नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार