राष्ट्रियसभा सदस्य वामदेव गौतमद्धारा सपथ ग्रहण

राष्ट्रियसभाको सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई आज राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ । गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ । […]

बामदेव गौतम राष्ट्रियसभामा सिफारिस

सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को हिजोको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । तत्कालीन अर्थमन्त्री समेत रहनुभएका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई […]

नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजनलाई प्रष्ट पारेको छ। हिजो बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अर्का अध्यक्ष प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित […]

अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीको खोजी सुरु

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनुभएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो । अर्थमन्त्री खतिवडाले आफूले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको […]

रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रामेछाप नगरपालिकाबाट पछिल्लो समयमा सम्पादन भएका क्रियाकलापहरुमा नीति,विधि र प्रक्रिया मिची प्रचलित कानुनको खिलापमा कार्यहरु भई एकलौटी निर्णय गरेको भन्दै नेकपाले ती विषय एवं कार्यहरु र निर्णय प्रक्रियामा गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । […]

सरकारको गलत नीतिका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको काँग्रेसको ठहर

प्रमुखप्रति पक्षीदल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोना भाइरसको सङ्क्रमण बढेको ठहर गरेको छ । काँग्रेसका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले प्रेस नोटजारी गर्दै सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्दगर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कमगर्न कुनै ठोस योजना ल्याउन नसकेको दावी गर्नुभएको […]

बिदेशमा अलपत्र परेका नेपालीलाइ छिटो स्वदेश फर्काउन काँग्रेसको माग

नेपाली काँग्रेसले सरकारले चार्टर उडानको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएको छ । काँग्रेसले हिजो एक विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको जनाएको हो । गएको असार एक गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई […]

नेकपा विवाद समाधान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका दुबै अध्यक्षलाई बुझाएको छ । हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी भित्र उठेका विभिन्न विषयलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको थियो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो । गत शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली […]

रामेछापमा नेकपा आधार इलाकाबाट युवाहरु कांग्रेसमा प्रबेश

कुनै समयमा नकपा माओवादीको आधार इलाकाको रुपमा रहेको रामेछाप जिल्लाको दोरम्बा गाउपालिका वडा नं ६ लखनपुरका केही युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । नेकपाको विभिन्न जिम्मेवारीमा रहेका ३ दर्जन युवा मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रबाट कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका प्रवत्ता नारायण बहादुर खडकाले जानकारी दिनुभयो । प्रबेशीहरुलाई नेपाली कांग्रेसका महामन्त्री […]

महाधिवेशन सार्ने नेपाली काँग्रेसको तयारी

नेपाली काँग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । काँग्रेसले कोरोना संक्रमणको कारण निर्धारित मितिमा महाधिवेशन हुने अवस्था नभएको र क्रियाशील सदस्यतासहित पार्टी संगठनको समायोजनको काम नसकिएको भन्दै मिति सार्ने तयारी गरिरहेको हो । महाधिवेशन सार्ने विषयमा शीर्ष नेताहरुबीच करिब सहमति भइसकेको […]