नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता

नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा  गरेका छन् । नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ । संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो । […]

संसद् विघटन , वैशाख १७ र २७ मा निर्वाचन हुने

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरी संसद् विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ […]

रामेछापमा पनि कांग्रेस उत्रियो सडकमा, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (फोटोफिचर)

नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो । भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको […]

देशव्यापी सडक प्रदर्शन गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा

सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै […]

देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ । सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो । उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका […]

राजतन्त्र पुनर्बहालीको माग गर्दै विभिन्न जिल्लाहरुमा प्रदर्शन

राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लामा प्रदर्शन भएको छ । राजसंस्थाको पुनर्बहाली, संघीयता र धर्मनिरपेक्षता खारेजी लगायतका माग गर्दै राष्ट्रिय नागरिक आन्दोलन समितिले प्रदर्शन गरेको हो । माइतिघरबाट निस्किएको जुलुस नयाँ बानेश्वरमा पुगेर आमसभामा परिणत भएको थियो । आमसभामा अभियन्ताहरुले विभिन्न विकसित देशमा पनि राजा रहेको उदाहरण दिँदै नेपालमा पनि राजा फर्काउनुपर्ने बताएका […]

कोरोनाको खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपसबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताउनुभएको छ । आजसंयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच […]

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले सरकार मुलुकको समृद्धिका लागि […]

नामाडी घटनालाई अतिरन्जीत गरिएकोमा तरुणदलको आपत्ति

नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनालाई राजनीतिक पूर्वग्राहका आधारमा अतिरन्जित बनाउन खोजेको आरोप लगाएको छ । नेपाल तरुण दल रामेछापले विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा घटनालाई अतिरंजित बनाउन खोजेको भन्दै उक्त घटना प्रति कडा आपत्ति जनाएको हो […]

नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा नेताहरूको मत विभाजित भएको छ । पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर छैन । फागनु ७ देखि१० भित्रको लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा […]