काँग्रेसको मतगणना सकिन अझैँ दुईतीन दिन लाग्ने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिने अझैँ दुईतीन दिन लाग्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनमा गत मङ्सिर २७ गते मतदान भएको थियो । अझैँ पनि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्य र प्रदेश लगायत क्षेत्रको मत गन्न बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । […]

केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले केन्द्रीय सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । आउँदो ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनको लागि प्रदेश २ बाहेकका प्रदेशमा कमिटी गठन गरिसकेको माओवादी केन्द्रले जनाएको छ । त्यसको लागि गत शनिबार भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश कमिटी गरी ९ वटा प्रदेशको सम्मेलन सुरु गरेको थियो । तर प्रतिनिधि चयनमा कुरा नमिल्दा प्रदेश […]

प्रचण्डआज दुई दिन एकान्तवासमा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ । ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ […]

एमालेले पराजित नेतालाई स्थायी कमिटीमा समेट्ने

नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायतपराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी […]

काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको […]

काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

नेपाली काँग्रेसले महाधिवेशनकार्यतालिका अनुसार प्रदेशमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्र्रदेशमा हिजो उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया आजबाट सुरु हुने छ । प्रदेश अधिवेशन प्रभावित नहोस् भन्नका लागि बिभन्न १६ जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । […]

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो । माओवादी केन्द्र रामेछाप नगर कमिटीको उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, ईन्दिरा बख्रेल र राम विष्णु बस्नेत चयन हुनुभएको छ । सचिवमा निर कुमार श्रेष्ठ, सहसचिवमा भिम बहादुर तामाङ र कोषाध्यक्षमा सरोज कटुवाल […]

नेकपा एकीकृत समाजवादी सङ्गठन विस्तार अभियानमा

एमालेसँगको विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सङ्गठन विस्तार अभियानलमा लागेको छ । केन्द्रीय कमिटीदेखि शीर्ष नेताहरू नै सङ्गठन विस्तारको काममा व्यस्त भएका छन् । उक्त पार्टीका केन्द्रीय सदस्य पार्वती विशुंखेको अधिकांश समय अहिले पार्टी सङ्गठन निमार्णका विभिन्न भेलामा बित्ने गरेको छ । पार्टीको वडा, पालिकादेखि जिल्लासम्मका विभिन्न कमिटी बनाउने र उनीहरूलाई प्रशिक्षण दिने […]

ओलीको प्रस्तावमा एमालेले आज सर्वसम्मत नेतृत्व घोषणा गर्ने

नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्नुहुने भएको छ । पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूकोसूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ । आज मध्यान्ह् १२ […]