रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने गुरुङ जनजाति महिला तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित श्रेष्ठ प्रतिनिधि सभाका सदस्य हुन् ।

त्यस्तै गुरुङ संविधानसभा सदस्य हुन् ।प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २ सय ३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार