नेपाली कांग्रेस सुनारपानी- काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी- काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गोपाल कार्कीको सभापतित्वमा २५ सदस्यीय सम्पर्क समिती गठन गरिएको हो ।

सम्पर्क समितिको उपाध्यक्षमाद्वय उपेन्द्र कार्की र गोपाल रोका, सचिवद्वयमा महेश कार्की र पुर्ण बहादुर श्रेष्ठ,सह- सचिवमा द्वय प्रकाश पहरी / कोमल कार्की र कोषाध्यक्षमा बिनय कार्की रहनुभएको छ ।

जन्मथलो सुनारपानी भई राजधानी काठमाडौंमा पेशा व्यबसाय गर्दै आईरहेका नेपाली कांग्रेसप्रती सुभेच्छा राख्ने नागरिकहरुलाई एकत्रित गरि सो समिति गठन गरिएको हो । नेपाली कांग्रेस सुनारपानी-काठमाडौ सम्पर्क समितिले सुनारपानी बाट विभिन्न काम लिएर राजधानी आउने नागरिकहरुलाई सहयोग र समन्वय गर्नेछ । सुनारपानीका असाहय, आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको स्वास्थ्य ,शिक्षा लगाएतमा खर्च गर्ने गरि सम्पर्क समितिले निकट भविष्यमै कोष खडा गर्ने उदेश्य राखेको छ।

समिति गठन कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि महेश कुमार कार्की, जिल्ला कार्यसमिति सदस्य सुमन्त कुमार कार्की , नेपाली कांग्रेस सुनारपानी वडा सभापती ध्रुव कार्की , तरुण दल सुनारपानीका सभापति शान्तिराज कार्की लगाएत कांग्रेस वडा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि महेश कुमार कार्कीले सम्पर्क समिती गठनले मन्थली नगरपालिकाको ५ नम्बर वडा सुनारपानीमा कांग्रेसको उपस्तिथिलाई थप मजबुत बनाउन सघाउ पुर्याउने बताउनुभयो ।

सुनारपानीको विकास र परिवर्तनका लागि कांग्रेसको उपस्तिथि बलियो हुनुपर्ने आवस्यकता आएको र त्यसका लागि एकजुट हुन सबैलाई आव्हान गर्नुभयो । महाधिवेशन प्रतिनिधि कार्कीले नवगठित सम्पर्क समितिका पदाधिकारिलाई ईमान्दारिता पुर्वक काम गर्न आग्रह गर्नुभयो ।

बेथिती र बिसंगतिका विरुद्ध बिना डर त्रास आवाज उठाउन र खबरदारी गर्न आग्रह गर्दै उहाँले आफ्नो साथ सधैं रहने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । त्यस्तै नेपाली कांग्रेस रामेछापका जिल्ला कार्य समिति सदस्य सुमन्त कुमार कार्कीले कम्युनिस्ट नामको राजनीतिले नेपाली व्यवस्था दलदलमा फसेको बताउनुभयो ।

जनताले दिएको ५ वर्षे नेतृत्वको म्यान्डेट समेत पूरा गर्न नसकेको कम्युनिस्ट सरकारले विकास र परिवर्तनको साटो देशलाई झन अन्धकारमा धकलेको कार्कीको भनाई थियो । उहाँले नेपाली कांग्रेसले सधै भ्रष्टाचार , बेथिती र बिसंगतिका विरुद्ध बुलन्द आवाज उठाउदै आईरहेको र निरन्तर उठाईरहने प्रतिवद्द्ता समेत जनाउनुभयो।

नेपालको व्यवस्था परिवर्तन, हिंसात्मक तत्वलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लोकतन्त्रको स्थापनामा समेत नेपाली कांग्रेसको संघर्ष र बलिदानि महत्त्वपूर्ण रहेको कार्कीको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार