काँग्रेसले अधिवेशन हुन नसकेका १६ जिल्लामा यही पुस २७ गते गर्ने

काँग्रेसले अधिवेशन हुन नसकेका १६ जिल्लामा यही पुस २७ गते गर्ने

नेपाली काँग्रेसले१६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ । यसअघि मङ्सिर २४ गतेदेखि महाधिवेशन भएपनि विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

तिनै जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले  बताउनुभयो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुलीमा काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अविधेशन पनि पुस २७ गते नै हुने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार