उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै

स्थानीय तह र प्रनितनिधि सभाको चुनावको बारेमा छलफल गर्न सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

गठबन्धनमा भएका दलको विचार सुनेर दुवै चुनावका बारेमा निष्कर्षमा पुगिने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो । समितिको बैठकअघि गठबन्धनका शीर्ष नेताबीच छुट्टै छलफल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच हिजो छलफल भएको हो ।

प्रचण्डले औपचारिक रुपमै स्थानीय तहको चुनाव कात्तिक मङ्सिरमा गरेर वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेको भनिएको बेलामा तीन शीर्ष नेताबीच अनौपचारिक कुराकानी भएको हो । उच्चस्तरीय राजनीतिक समन्वय समितिको हिजोको बैठक स्थगित गरी शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार