काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको […]

काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

नेपाली काँग्रेसले महाधिवेशनकार्यतालिका अनुसार प्रदेशमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्र्रदेशमा हिजो उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया आजबाट सुरु हुने छ । प्रदेश अधिवेशन प्रभावित नहोस् भन्नका लागि बिभन्न १६ जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । […]

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो । माओवादी केन्द्र रामेछाप नगर कमिटीको उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, ईन्दिरा बख्रेल र राम विष्णु बस्नेत चयन हुनुभएको छ । सचिवमा निर कुमार श्रेष्ठ, सहसचिवमा भिम बहादुर तामाङ र कोषाध्यक्षमा सरोज कटुवाल […]

नेकपा एकीकृत समाजवादी सङ्गठन विस्तार अभियानमा

एमालेसँगको विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले सङ्गठन विस्तार अभियानलमा लागेको छ । केन्द्रीय कमिटीदेखि शीर्ष नेताहरू नै सङ्गठन विस्तारको काममा व्यस्त भएका छन् । उक्त पार्टीका केन्द्रीय सदस्य पार्वती विशुंखेको अधिकांश समय अहिले पार्टी सङ्गठन निमार्णका विभिन्न भेलामा बित्ने गरेको छ । पार्टीको वडा, पालिकादेखि जिल्लासम्मका विभिन्न कमिटी बनाउने र उनीहरूलाई प्रशिक्षण दिने […]

ओलीको प्रस्तावमा एमालेले आज सर्वसम्मत नेतृत्व घोषणा गर्ने

नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्नुहुने भएको छ । पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूकोसूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ । आज मध्यान्ह् १२ […]

काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ । हिजो सम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले बताउनुभयो । देशभरीका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा […]

एमालेको महाधिवेशन सुरु हुन २ दिन मात्र बाँकी, पदाधिकारीमा २ जनाको मात्रै उम्मेद्वारी

एमालेको १० औं महाधिवेशन सुरु हुन अब २ दिन मात्र बाँकी छ । पर्सि शुक्रबारबाट चितवनमा हुने १० औं महाधिवेशनले १५ पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । तर, हालसम्म २ जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । अरु आकाङ्क्षीहरू भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाइरहे पनि एजेण्डा भने सार्वजनिक गरेका छैनन् […]

एमाले महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको ११ सदस्यीय […]

नेपाली काँग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिवेसन हुन बाँकी जिल्लाहरुमा आजपनि अधिवेशन हुँदैछ । २४ गतेबाट हुने महाधिवेशनको लागि १ सय ४९ जिल्लामा अधिवेसन हुन बाँकी रहेकोमा हिजो १ सय २५ जिल्लामा महाधिवेशन भएको छ । यस्तै बाँकी रहेका जिल्लाहरूमा आज अधिवेशन हुने काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । उहाँले सिन्धुपाल्चोक र […]