लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोप्रति नेपाली काँग्रेसको आपत्ति

लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोप्रति नेपाली काँग्रेसको आपत्ति

सत्तारुढ दल नेपाली काँग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले हिजो संयुक्त विज्ञप्तिमार्फत सात बुँदे धारणा सार्वजनिक गर्दै दुई देश बीचका सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा अभिव्यक्ति दिनुभएको थियो । त्यही विषयलाई लिएर काँग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो । काँग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको दोहो¥याएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्नेमा समेत काँग्रेस स्पष्ट भएको दाबी गर्नुभएको छ । काँग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार