विद्युत अनियमित हुँदा रामेछापका नागरिक आक्रोसित

रामेछाप जिल्लामा पटकपटक बिजुली जाँदा यहाँका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् । रामेछापमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा असहज भइरहेको छ । बिजुली छिनमा आउने छिनमा जाने समस्याले जिल्ला अस्पतालको सेवा प्रवाहमा निकै समस्या परेको […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

रामेछाप स्थित सुनकोसी नदीमा डुंगा दौड प्रतियोगिता सुरु, देशभरका २० टिम सहभागी

अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता आज रामेछाप स्थित सुनकोसी नदीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा देशभरका २० टिमको सहभागिता रहेको छ । माझीको परम्परागत पेशाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सुनकोसीमा परम्परागत सिमलको डुंगा चलाएर […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो । उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि […]

कलेजको सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने रामेछापका एक सहित ४ विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले रामेछापका एक सहित चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । […]

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।बजेटमा केही […]

रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

बाग्मती प्रदेशका रामेछाप सहित एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् । आज र भोलि चल्ने […]

जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन । आज भएको निर्वाचनमा सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का काकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित ४ नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित ५ […]

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी भएको छ । आज रामेछापको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । रामेछाप फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा नयाँ गोरख गण रामेछाप र रामेछाप फुटबल संघबिच खेल भएको थियो । उक्त खेलमा रामेछाप फुटबल संघले नयाँ गोरख गण रामेछापलाई […]