एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश […]

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन […]

बैशाखामा हुने चुनावमा अघिल्लो चुनावभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने आयोगको प्रक्षेपण

निर्वाचन आयोगले आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावमा अघिल्लो चुनावको भन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ । यसअघि २०७४ सालमा भएको स्थानीय तहको चुनावमा ८ अर्ब १४ करोड खर्च गरेको आयोगले आउँदो वैशाख महिनामा गर्न लागेको चुनावमा ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ लाग्ने बताएको हो । सको […]

रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछाप जिल्लामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेको छैन । सरकारले असुरक्षित छानामुनि बसोबास गरिरहेकालाई लक्षित गरी यो कार्यक्रम अघि बढाएको हो । गत वर्षसम्म छाना फेर्न ५० हजार रुपैयाँ दिने गरिएकामा चालु आवमा प्रतिपरिवार ७५ हजार रुपैयाँ दिने जनाइएको छ । उक्त रकम लाभग्राहीले सम्झौता गरेपछि […]

मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन आग्रह

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिन आग्रह गरेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा आयोगले बैशाख २९ गते सम्मलाइ कट अफ डेट मान्ने निर्णय गरिसकेको छ । बैशाख २९ गते गते […]

आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागको […]

रामेछापको सुनापतिका एकल पुरुषले पाए भत्ता

रामेछापको सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो । ‘पालिकाको चालु आर्थिक वर्षमा […]

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको […]